Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् । विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको बताए । उनले संविधानले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष् रुपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए । भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताए ।

उनले भने, ‘हाम्रो संविधानले नै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन देउ भनेको छ । तर वास्तवित पीडितले यो अधिकारबाट वञ्चित भएको अवस्था छ । अहिले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा बिचौलियाले फाइदा उठाउने हुन कि भन्ने चिन्ता छ । त्यसकारण यसमा हामी सबै गम्भीर हुन जरुरी छ । यसको लागि भूमिहिन दलित र सुकुम्वासीको बारेमा कानूनमा स्पष्ट व्यवस्था गरौं । अव्यवस्थित बसोबासीको व्यवस्थापनक लागि के गर्ने भन्ने बारे सबै दलहरुको बीचमा सहमति गर्न आवश्यक छ । यदि उनीहरुले धेरै जग्गा ओगटेको छ भने पनि त्यसलाई पनि हेर्नुपर्छ । तर अव्यवस्थिच बसोबासीको नाममा घुसपैठ हुनुहुदैन । यसमा म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?