Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आयोः सांसद जोशी


काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् । विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको भन्दै सांसद जोशीले विधेयकलाई अझै स्पष्ट बनाउन जरुरी रहेको बताए । उनले संविधानले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाईलाई भूमि उपलब्ध गराउने कुरा स्पष् रुपमा भनेको भएपनि कार्यान्वयन गर्न नसकिएको बताए । भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुरामा सबै गम्भीर हुन जरुरी रहेको बताए ।

उनले भने, ‘हाम्रो संविधानले नै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन देउ भनेको छ । तर वास्तवित पीडितले यो अधिकारबाट वञ्चित भएको अवस्था छ । अहिले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको नाममा बिचौलियाले फाइदा उठाउने हुन कि भन्ने चिन्ता छ । त्यसकारण यसमा हामी सबै गम्भीर हुन जरुरी छ । यसको लागि भूमिहिन दलित र सुकुम्वासीको बारेमा कानूनमा स्पष्ट व्यवस्था गरौं । अव्यवस्थित बसोबासीको व्यवस्थापनक लागि के गर्ने भन्ने बारे सबै दलहरुको बीचमा सहमति गर्न आवश्यक छ । यदि उनीहरुले धेरै जग्गा ओगटेको छ भने पनि त्यसलाई पनि हेर्नुपर्छ । तर अव्यवस्थिच बसोबासीको नाममा घुसपैठ हुनुहुदैन । यसमा म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’

भूमिहिनलाई जग्गा उपलब्ध गराउने कुराको सुनिश्चितता गर्नेगरी विधेयक आउनुपर्नेमा सांसद जोशीले सरकारको ध्यानाकर्षण गराए ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?