Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीन परिवारको निवेदन


काठमाडौं। भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीनको निवेदन परेको छ ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन् । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको उक्त मात्रामा निवेदन आयोगमा प्रविष्ट भएको स्पष्ट पारे । उनका अनुसार तिमध्ये ८९ हजार १ सय ४४ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी १ लाख ६८ हजार ८ सय ८८ तथा अव्यवस्थित बसोबासी ८ लाख ७५ हजार १ सय ६४ परिवारको निवेदन आयोगमा प्रविष्ट भएको हो । अध्यक्ष रिजालले विभिन्न समयमा विभिन्न आयोगहरु बनेर त्यसमा परेका अन्य ८६ हजार ४ सय परिवारको व्यवस्थापनको जिम्मेवारी आयोगमा आएको बताए ।

उनले भने, ‘हामीलाई अहिलेसम्म प्राप्त तथ्यांकको आधारमा ८९ हजार १ सय ४४ जना भूमिहीन दलित परिवारको निवेदन आएको छ । त्यसैगरी भूमिहिन सुकुम्वासी एक लाख ६८ हजार ८ सय ८८ परिवारको निवेदन परेको छ । अव्यवस्थित बसोवासी ८ लाख ७५ हजार १ सय ६४ परिवारको प्रविष्ट भएका छन् । सबैगर्दा ११ लाख ३३ हजार ९६ परिवारको निवेदन प्रविष्ट भएको छ । विभिन्न समयमा विभिन्न आयोगहरु बनेर त्यसका अधुरा अपुरा संख्याहरु पनि छन् । ८६ हजार चार सय त्यो संख्या छ । त्यो संख्या पनि जोड्दा हामीकहाँ १२ लाख १९ हजार ५ सय ९६ परिवारको व्यवस्थापन गर्ने जिम्मेवारी आएको छ । अब यसको लागि वन ऐनमा पनि परिभाषित गर्नुपर्ने आवश्यकता देखियो । वन भनिएको छ । तर लामो समयदेखि नागरिक त्यहाँ बस्नुभएको छ । वन नभएर त्यहाँ अहिले शहर भइसकेको छ ।’

उनले विधेयक पास भएपनि भूमिहीनलाई जग्गा उपलब्ध गराउन समस्या आउनसक्ने बताए । कुनै दल विषेशको आधारमा नभई सर्वसम्मत रुपमा पास हुनेगरी विधेयकलाई समृद्ध बनाउन उनले आग्रह गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?