Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेपाल सुशासन र विकासको अभियानमा छ : प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन र विकासको अभियानमा अघि बढेको बताएका छन् ।

सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले समृद्धि हाँसिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे । नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन आफूले चाहेको बताए । नेपालीहरुको चाहना र गन्तव्य समृद्ध नेपाल र सुखी नेपाली रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरु अघि बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ । जसबाट हामी समृद्धि हाँसिल गर्न चाहन्छौँ । र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ । हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो । त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशिल छौँ । यस यात्रामा सैनिक कल्याण्कारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रुपमा रहेको नेपाली सेना तथा भुतपूर्व सैनिकहरुलाई एकतावद्ध गराउन र अघि बढाउन योगदान  छ ।’

प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको श्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?