Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी


एजेन्सी। बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो ।

कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह गरे । रुसी विज्ञान प्रतिष्ठानको भूभौतिक सेवाको कामचट्का शाखाकाअनुसार यसअघि प्रायद्वीपमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ८.८ म्याग्निच्युडको भूकम्प १९.३ किलोमिटर गहिराइमा आएको र अवाचा खाडीको तटमा रहेको १ लाख ६५ हजार जनसंख्या भएको पेट्रोपाभ्लोभस्क–कामचात्स्की शहरबाट १२६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको बताएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?