Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

शक्तिशाली भूकम्पपछि रूसको सुदूरपूर्वमा सुनामी


एजेन्सी। बुधवार ८.७ म्याग्निच्युडको भूकम्पपछि रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपको येलिजोभ्स्की जिल्लामा ३ देखि ४ मिटर अग्लो सुनामी छाल आएको छ । केप भोडोपाडनायामा रहेको हाइड्रोमेटियोलोजिकल सेवा अवलोकन बिन्दुमा लगभग ३ देखि ४ मिटर अग्लो सुनामी छाल देखिएको हो ।

कामचट्काका आपतकालीन अवस्था मन्त्री सर्गेई लेबेदेवले बासिन्दाहरूलाई तटबाट टाढा रहन आग्रह गरे । रुसी विज्ञान प्रतिष्ठानको भूभौतिक सेवाको कामचट्का शाखाकाअनुसार यसअघि प्रायद्वीपमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछिको सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

अमेरिकी भूगर्भीय सर्वेक्षणले ८.८ म्याग्निच्युडको भूकम्प १९.३ किलोमिटर गहिराइमा आएको र अवाचा खाडीको तटमा रहेको १ लाख ६५ हजार जनसंख्या भएको पेट्रोपाभ्लोभस्क–कामचात्स्की शहरबाट १२६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको बताएको छ ।


प्रकाशित मिति: १५ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?