Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस्ः अनसनरत प्रमुख भट्टराई


काठमाडौँ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनिकरण गर्ने आफ्नो मागहरु पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गरेका छन् ।

आईतवारबाट माईतीघर मण्डलामा सत्याग्रह शुरु गरेका उनले यस्तो आह्वान गरेका हुन् । उनले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघसंस्थालाई आग्रह पनि गरे । उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात मागसहित सत्याग्रह बसेको बताए । उनले अनसनरत स्थानको सुरक्षा व्यवस्था चुस्त बनाउन समेत माग गरे । उनले आफ्नो सत्याग्रहप्रति राज्यलाई विश्वस्त पार्न प्रतिनिधि पठाईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह पनि गरे ।

उनले भने, ‘म आफ्ना मागहरु पुरा नभए देहत्याग गर्न तयार भएको अवस्थामा आँखा छलेर वा घाम अस्ताएको बेला केही खाएको छैन, खानु हुदैन । केही मुलभूत सिद्धान्त हुन्छन् । त्यसकारण मेरो सत्याग्रहको पारदर्शिताका लागि एक जना प्रतिनिधि पठाईदिन आग्रह गरेको छु । वार्ता समितिलाई पनि मेरो मान्यता, भावना र संस्कारविपरित हुने भएकोले किसान बचाउने, हिमाल बचाउने, पर्यावरण बचाउने र धर्म तथा संस्कृति बचाउने मेरो नेतृत्वको स्थानीय सरकारको भावनालाई ठेस पुग्ने गरी वार्तामा बस्ने संघीय समितिका प्रतनिधिहरुले मेरा ठोस माग पूरा गर्नेबाहेक अनावश्यक बार्गेनिङ नगरिदिन हुन अनुरोध गर्न चाहन्छु ।’

भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको उनको भनाइ छ ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?