Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन् । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको उनको आरोप छ । उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिए । उनले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाए ।

उनले भने, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषि सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । र आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पती छानविन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।


प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?