Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया


काठमाडौं। महालेखा परीक्षक तोयम रायाले मन्त्रालयका सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखिएको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सचिवहरुले त्यत्तिकै लेखियो, छलफल नै भएन, प्रक्रिया मिलाउनै गाह्रो भयो जस्ता गुनासो गरेको भन्दै यसबारेमा सचिवहरुलाई सिकाउन जरुरी देखिएको उल्लेख गरे । आफैँ प्रक्रिया बनाउने र आफैँ प्रक्रिया मिलाउनै गाह्रो भयो भन्न नमिल्ने उनको भनाइ छ । सूचनामा नै करको प्रतिशत नै तोकेर लेख्नु भन्दा प्रचलित कानून बमोजिम कर लाग्ने भन्ने भाषा प्रयोग गर्न सचिवहरुसँग आग्रह गरे ।

उनले भने, ‘मैले के ठानेँ भने लेखा परीक्षण गर्दा केके गर्दैछौँ भन्ने विषयहरु सचिवज्युहरुलाई जानकारी गराउनैपर्ने ठानेँ । त्यत्तिकै लेखियो, छलफल नै भएन । यो त प्रक्रिया मिलाउनै गाह्रो भयो । यस्ता प्रश्न गर्ने हो की होइन मलाई थाहा भएन । प्रक्रिया कसले बनाएको ? प्रक्रिया हामीले बनाएको हो । होला मन्त्रीज्युहरुले सदर गर्नुभयो होला क्याबिनेटमा सदर भयो होला तर लेख्ने त हामी हौँ । पुयाउनै नसक्ने प्रक्रिया किन लेखेको ? प्रक्रिया पुयाउनुपयो भने त ६० प्रतिशत बेरुजु हुन्छ । यस्ता यस्ता कार्यविधि देखेको छु । अन्तिममा यसको प्रतिवेदन अनुगमन परीक्षकले अन्तिम लेखा परीक्षण गर्दा गर्नेछ, यो किन लेखेको ? त्यो लेख्नुभएको छ । त्यही बुँदा पक्रिएर बेरुजु देखिएको छ ।’

महालेखा परीक्षक रायाले ०७२ साल अघिका बेरुजु खारेज गर्नु उचित हुने राय राखे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?