Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखियोः महालेखापरीक्षक राया


काठमाडौं। महालेखा परीक्षक तोयम रायाले मन्त्रालयका सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखिएको बताएका छन् ।

सोमवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सचिवहरुले त्यत्तिकै लेखियो, छलफल नै भएन, प्रक्रिया मिलाउनै गाह्रो भयो जस्ता गुनासो गरेको भन्दै यसबारेमा सचिवहरुलाई सिकाउन जरुरी देखिएको उल्लेख गरे । आफैँ प्रक्रिया बनाउने र आफैँ प्रक्रिया मिलाउनै गाह्रो भयो भन्न नमिल्ने उनको भनाइ छ । सूचनामा नै करको प्रतिशत नै तोकेर लेख्नु भन्दा प्रचलित कानून बमोजिम कर लाग्ने भन्ने भाषा प्रयोग गर्न सचिवहरुसँग आग्रह गरे ।

उनले भने, ‘मैले के ठानेँ भने लेखा परीक्षण गर्दा केके गर्दैछौँ भन्ने विषयहरु सचिवज्युहरुलाई जानकारी गराउनैपर्ने ठानेँ । त्यत्तिकै लेखियो, छलफल नै भएन । यो त प्रक्रिया मिलाउनै गाह्रो भयो । यस्ता प्रश्न गर्ने हो की होइन मलाई थाहा भएन । प्रक्रिया कसले बनाएको ? प्रक्रिया हामीले बनाएको हो । होला मन्त्रीज्युहरुले सदर गर्नुभयो होला क्याबिनेटमा सदर भयो होला तर लेख्ने त हामी हौँ । पुयाउनै नसक्ने प्रक्रिया किन लेखेको ? प्रक्रिया पुयाउनुपयो भने त ६० प्रतिशत बेरुजु हुन्छ । यस्ता यस्ता कार्यविधि देखेको छु । अन्तिममा यसको प्रतिवेदन अनुगमन परीक्षकले अन्तिम लेखा परीक्षण गर्दा गर्नेछ, यो किन लेखेको ? त्यो लेख्नुभएको छ । त्यही बुँदा पक्रिएर बेरुजु देखिएको छ ।’

महालेखा परीक्षक रायाले ०७२ साल अघिका बेरुजु खारेज गर्नु उचित हुने राय राखे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?