Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।

सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उनले यस्तो बताए । उनले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताए । उनले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गरे । सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताए । उनले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई अत्यन्तै प्रभावकारी ढंगबाट अघि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका आधारमा श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरु वान डोर सिस्टममा अघि लैजाने कुरामा अघि बढेका छौँ । नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले, श्रम बजारको स्थिति के छ ? नेपालमा रोजगारीको अवस्था के छ, कहाँ छन्, कस्तो छ ? श्रम बजारमा आउने जनशक्तिको योग्यता कस्तो छ ? यो बारेमा व्यापक रुपमा छलफल हुनु आवश्यक छ । रोजगारको निम्ति आवश्यकता भएको दक्ष जनशक्ति हामीले तयार गर्नुपर्छ । तयार भएको जनशक्तिसँग रोजगारलाई जोड्नुपर्छ । श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको छ । १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्नुपर्छ । नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि बढेको छ । हामीले मिनिमम रोजगारीको व्यवस्था गरेका छौँ । त्यो व्यवस्था लागू हुनैपर्छ । लागू भएन भने त्यसलाई पनि हामी अनलाइनमार्फत नै इन्फरमेसन लिएर कारबाही पनि गर्दछौँ । सूचनाको प्रविधिले सेवाको क्षेत्रमा धेरै ठूलो प्रभाव पर्दछ । ’

मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताए ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?