Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी रहेको बताएका छन् ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रमा सुधार भएपनि पूर्ण रुपमा सुधार नभएको जिकिर गरे । उनले आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसालाई सरकारले उपलब्ध गराइदिनुपर्ने बताए । आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न नसकेको स्वीकार गरे । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न थप लगानी जरुरी रहेको बताए । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्रबाट राज्य पन्छिन नमिल्ने बताए ।

मन्त्री पौडेलले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारहरु गर्न जरुरी छ । पूर्णतातर्फ लिएर जान जरुरी छ । स्वास्थ्य क्षेत्रमा सुधार नभएको होइन तर पूर्ण रुपमा सुधार हुन सकेको छैन । यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ । हाम्राबारेमा प्रशस्त टिकाटिप्पणी भइरहेको छ । आम नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने लालसा, सरकारले त्यो सेवा उपलब्ध गराइदिनुपर्छ भन्ने मान्यता स्वभाविक छ । त्यो स्वभाविक मान्यताको आधारमा नेपालको संवैधानिक व्यवस्थाका आधारमा, हामीले बारम्बार व्यक्त गरेका प्रतिवद्धताका आधारमा हामीले आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध गराउने गरी स्वास्थ्य संस्थाहरुको विकास पूर्ण ढंगबाट गर्न सकिरहेका छैनौँ । पूर्ण ढंगबाट स्वास्थ्य संस्थाहरुको विकास गर्न हामीले थप लगानी गर्न जरुरी छ । स्वास्थ्य यस्तो संवेदनशील क्षेत्र हो त्यसबाट राज्य पन्छिन सक्दैन ।’

मन्त्री पौडेलले अस्पताल सुधारका निम्ति योजनावद्ध भएर काम गर्नुपर्ने बताए । आवश्यक स्वास्थ्य जनशक्ति मन्त्रालयले उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?