Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपालको सामाजिक सुरक्षालाई आईएलओले रोलमोडलको रुपमा अगाडि बढाउन खोजेको छः श्रममन्त्री भण्डारी


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालको सामाजिक सुरक्षा योजना अन्तर्राष्ट्रिय रुपमै गर्व गर्न लायक रहेको बताएका छन् ।

आईतवार सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । आफू केही दिनअघि आईएलओ (अन्तर्राष्ट्रिय श्रम संगठन) को बैठकमा सहभागी भएको जानकारी दिँदै मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय मञ्चबाट नेपालको सामाजिक सुरक्षा योजनाप्रति प्रशंसा गरिएको सुनाए ।

मन्त्री भण्डारीले भने, ‘म भर्खर आईएलओ को जेनेभामा आईएलओको मिटिङमा थिएँ । नेपालको सामाजिक सुरक्षा प्रणाली र सामाजिक सुरक्षाकोषको लिडरसिपलाई अहिले आईएलओले रिजनल टाइपुनको रुपमा नेपालको सामाजिक सुरक्षालाई हाम्रो एशिया जिसीजी कन्ट्रीलाई नेपालको सामाजिक सुरक्षालाई रोलमोडलको रुपमा अगाडि बढाउन खोजिरहेका छन् । त्यो नेपालीले गर्व गर्ने विषय छ ।’

मन्त्री भण्डारीले हरेक नेपालीलाई अवकाशपछि पेन्सन पाउने अवस्थामा लैजान खोजेको स्पष्ट पारे । मानिसहरू अवकासपछिको जीवनको सुरक्षाका लागि सरकारी जागिर खोजिरहेको उल्लेख गर्दै श्रम बजारमा वार्षिक आउने ५ लाखमध्ये एक लाखले मात्रै सरकारी जागिर पाइरहेको उल्लेख गरे । बाँकी चार लाख मानिसहरू जो जुन क्षेत्रमा कार्यरत रहन्छन्, त्यहीँ नै सामाजिक सुरक्षामा आवद्ध गराएर सरकारी सेवाजस्तै उनीहरूको जीवन सुरक्षित बनाउन चाहेको बताए । उनले अनौपचारिक क्षेत्र, स्वरोजगारको क्षेत्र अथवा अन्य कुनै क्षेत्र भएपनि सबैलाई सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति बनाउने पनि प्रष्ट पारे ।

मन्त्री भण्डारीले भने, ‘अहिले सरकारी जागिर खान मान्छे किन मारामार गर्छन् ? जागिर भन्ने बित्तिकै सरकारी जागिरलाई जागिर, सरकारी रोजगारीलाई रोजगारी, अन्य रोजगारी–रोजगारी नै छैन । सरकारले कति रोजगारी दिन सक्छ ? श्रम बजारमा वर्षमा पाँच लाख नेपालीहरू आउँछन् । करिव– करिव एक लाख जब हुन्छ । चार लाख त हाम्रो हरेक वर्ष त के गर्ने त्यसले ? त्यसो हुनाले उनीहरू त बेरोजगार । कस्तो बेरोजगार त भन्दा सरकारी जागिर पाएन ? किन सरकारी जागिरको लागि मरिहत्ते गर्छन् मान्छे ? एउटै कारण के भने ऊ जागिरमा छि¥यो भने उसको भविष्य बन्यो । जहाँ उसले जागिर पायो, ऊ छि¥यो । त्यसपछि ऊ रिटायर हुने बेलामा आनन्दले पेन्सन पाउँछ । ऊ ढुक्क भयो । उसको फेमली ढुक्क भयो । त्यही ग्यारेन्टी सामाजिक सुरक्षा कोषले दिने प्रयास गरेको छ । अनौपचारिक क्षेत्र होस्, स्वरोजगारको क्षेत्र होस् । अथवा रोजगारको क्षेत्र होस्, अथवा इन्डिपेन्डेण्ट क्षेत्र होस् । यो सबै क्षेत्रमा हामीले सामाजिक सुरक्षा कोषबाट दिनसक्ने स्थिति भयो भने त्यो सोसाइटी पेन्सेबल हुन्छ ।’

उनले समाजमा हेरेकले भोलि पेन्सन पाउनुपर्छ र पाउँछ भन्ने कुराको सुरुवात सामाजिक सुरक्षा प्रणालीले गरेको भन्दै त्यो उसैको योगदानबाट मात्रै सम्भव हुने उल्लेख गरे । राज्यको योगदानबाट सामाजिक सुरक्षा हुन सम्भव नरहेको मन्त्री भण्डारीको भनाई थियो । राज्यको भर पर्दा स्वास्थ्य बीमाले दुर्गती भोग्नुपरेको उदाहरण पेश गर्दै उनले व्यक्तिको आफ्नै योगदानबाट मात्रै सामाजिक सुरक्षा हुनसक्ने स्पष्ट पारे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?