Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल


काठमाडौँ। महान्याधिवक्ता रमेश बडालले सामाजिक सुरक्षा कोषमा आवद्धता धनी बन्नका लागि नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सुरक्षा कोषले आयोजना गरेको ‘सामाजिक सुरक्षा कोषमा वृहत आवद्धता अभियानको लागि सामाजिक सुरक्षा कोष र नेपाल बार एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर कार्यक्रम’ मा महान्यायाधिवक्ता बडालले यस्तो बताएका हुन् । उनले सामाजिक सुरक्षा कोषमा गरेको योगदान बैंकमा जम्मा गरेको रकम वा शेयरमा गरेको लगानी जस्तो नभएको बताए । यसबाट रकम निकालेर कहिँ घरजग्गा वा अन्य व्यवसायमा लगानी गर्न नपाइने उनको भनाई थियो । सामाजिक सुरक्षा कोषमा गरेको लगानीले कसैलाई धनी पनि नबनाउने र रोग र भोकले मर्न पनि नदिने उनको स्पष्टोक्ति थियो ।

उनले भने, ‘कतिपय सन्भर्दमा साथीहरूको प्रश्न उठ्छ ल, यो त सेभिङ फण्ड हो कि त । मैले राखेको पैसा मैले रिटर्न पाउनुपर्छ भन्ने छ । ‘सोसियल सेक्युरिटी फण्ड’ ले कसैलाई धनी बनाउन खोज्दैन । र यसले कसैलाई पनि भोक र रोगको कारणले मर्न दिँदैन । यसको ‘थेम’ यतिमात्रै बुझ्दा पनि हुन्छ । यसले कसैलाई धनी चाहिँ बनाउँदैन सेसियल सेक्युरिटीले । बैंकमा राखेको पैसा निकाले म घरजग्गा किन्छु भनेजस्तो सोसियल सेक्युरिटीमा गरेको कन्ट्रिब्युसन निकालेर म घरजग्गा किन्छु र स्वाट्टै यसको भाउ बढ्ला । अथवा शेयरमा लगानी गर्छु र स्वाट्टै त्यसको भाउ बढाएर म धनी हुन्छु भन्ने परिकल्पना हामीले भने त्यो चाहीँ गलत हो, त्यो यसबाट सम्भव छैन ।’

महान्यायाधिवक्ता बडालले सामाजिक सुरक्षा कोषलाई सामाजिक सुरक्षाकै रुपमा हेर्न र बचत वा लगानीको रुपमा नहेर्न पनि कानून व्यवसायीहरूसँग आग्रह गरे । नेपाल बार एशोसिएशन र सामाजिक सुरक्षा कोषबीच सम्झौता भएसँगै बारमा आवद्ध कानून व्यवसायीहरू सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । उनले बच्चा जन्मेदेखि हुने जोखिम र दुर्घटना वा अशक्तताको अवस्थामा सामाजिक सुरक्षा कोषले मद्दत गर्ने पनि स्पष्ट पारे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?