Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजरायलद्वारा गाजामा दैनिक १० घण्टा मानवीय विरामको घोषणा


एजेन्सी। इजरायली सेनाले आईतवार गाजा पट्टीका केही भागहरूमा आफ्नो कार्यमा दैनिक १० घण्टा मानवीय विरामको घोषणा गरेको छ । साथै त्यहाँ बढ्दो भोकमरी संकटलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा सहायता वितरणको लागि सुरक्षित मार्गहरू खोल्ने घोषणा गरेको छ ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा अर्को सूचना नभएसम्म स्थानीय समयअनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म अल–मावासी, देइर अल–बलाह र गाजा शहर लगायतका क्षेत्रहरूमा सैन्य गतिविधिहरू रोक्ने बताएको छ । संयुक्त राष्ट्र संघ र मानवीय काफिलाहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न तोकिएका सुरक्षित मार्गहरू दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछन् । जसले खाना र औषधि पु¥याउँछन् र वितरण गर्छन् ।

प्यालेस्टिनी–इजरायली द्वन्द्वको पछिल्लो चरणदेखि, ८५ बालबालिका सहित १२७ जनाको भोकमरी र कुपोषणबाट मृत्यु भएको छ । इजरायलको अन्तर्राष्ट्रिय निन्दा बढ्दै गएको छ । सरकारहरू र सहायता समूहहरूले गाजाको घेराबन्दीलाई मानवीय विपत्तिको रूपमा निन्दा गरिरहेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?