Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजरायलद्वारा गाजामा दैनिक १० घण्टा मानवीय विरामको घोषणा


एजेन्सी। इजरायली सेनाले आईतवार गाजा पट्टीका केही भागहरूमा आफ्नो कार्यमा दैनिक १० घण्टा मानवीय विरामको घोषणा गरेको छ । साथै त्यहाँ बढ्दो भोकमरी संकटलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय दबाबको बीचमा सहायता वितरणको लागि सुरक्षित मार्गहरू खोल्ने घोषणा गरेको छ ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा अर्को सूचना नभएसम्म स्थानीय समयअनुसार बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म अल–मावासी, देइर अल–बलाह र गाजा शहर लगायतका क्षेत्रहरूमा सैन्य गतिविधिहरू रोक्ने बताएको छ । संयुक्त राष्ट्र संघ र मानवीय काफिलाहरूको सुरक्षित मार्ग सुनिश्चित गर्न तोकिएका सुरक्षित मार्गहरू दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछन् । जसले खाना र औषधि पु¥याउँछन् र वितरण गर्छन् ।

प्यालेस्टिनी–इजरायली द्वन्द्वको पछिल्लो चरणदेखि, ८५ बालबालिका सहित १२७ जनाको भोकमरी र कुपोषणबाट मृत्यु भएको छ । इजरायलको अन्तर्राष्ट्रिय निन्दा बढ्दै गएको छ । सरकारहरू र सहायता समूहहरूले गाजाको घेराबन्दीलाई मानवीय विपत्तिको रूपमा निन्दा गरिरहेका छन् ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?