Trending
>>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उत्तरी चीनमा भीषण वर्षाः दुई जनाको मृत्यु, २६ हजार बढी विस्थापित


एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गत बुधवारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ ।

सिलिङगोल लिग र ओर्डोस र उलानकाब शहरहरूमा २२ हजार भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ । क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार १४ हजार भन्दा बढी मेसिनरीका सेटहरू, ७३७ ड्रेनेज उपकरणहरू र ८ हजार २८७ उद्धार सामग्रीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

हेबेईको बाओडिङ शहरको फुपिङ काउन्टीमा, शुक्रवारदेखि शुरु भएको पछिल्लो भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता छन् । वर्षाले लगभग २०३.५ मिलियन युआन (लगभग २८.५ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति पुर्याएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?