Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

उत्तरी चीनमा भीषण वर्षाः दुई जनाको मृत्यु, २६ हजार बढी विस्थापित


एजेन्सी। उत्तरी चीनको हेबेई प्रान्त र भित्री मंगोलिया स्वायत्त क्षेत्रमा भारी वर्षा भएको छ । जसका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गत बुधवारदेखि भित्री मंगोलियामा मुसलधारे वर्षा जारी छ । जसले गर्दा धेरै क्षेत्रमा बाढी आएको छ ।

सिलिङगोल लिग र ओर्डोस र उलानकाब शहरहरूमा २२ हजार भन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरिएको छ । क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका अनुसार १४ हजार भन्दा बढी मेसिनरीका सेटहरू, ७३७ ड्रेनेज उपकरणहरू र ८ हजार २८७ उद्धार सामग्रीहरू यस क्षेत्रमा तैनाथ गरिएको छ ।

हेबेईको बाओडिङ शहरको फुपिङ काउन्टीमा, शुक्रवारदेखि शुरु भएको पछिल्लो भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ र दुई जना बेपत्ता छन् । वर्षाले लगभग २०३.५ मिलियन युआन (लगभग २८.५ मिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति पुर्याएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?