Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले दलित, भूमिहीनहरुको नाम देखाएर जग्गा अरुलाई बाँड्ने काम गर्न नहुने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको हो । छलफलका क्रममा बोल्दै उनले राम्रो उद्देश्यका साथ विधेयक आएको भए किन बाँगोटिंगो गरिरहेको भन्दै प्रश्न गरे । उनले भूमि ऐन संशोधन गर्नेगरी विधेयक आउँदा चर्चा हुने गरेको बताए ।

उनले भने,‘राम्रै मन, राम्रै सोच, राम्रै उद्देश्यका साथ यो विधेयक आएको हो भने यसरी बाँगो टिंगो गर्न के आवश्यक छ र । यदी होइन भने किन यस्तो गरियो । पटक पटक जब भूमि ऐन संशोधन गर्नेगरी विधेयक आउँछ, चर्चा परिचर्चा हुन्छ । सुकुम्बासी र दलितको नाम लिइएको छ, ज्यादै राम्रो कुरा, किनभने अझै पनि नेपालमा सुकुम्बासीहरु छन्, जसको एउटा घर बनाउने जग्गा छैन । दलितहरु गाउँमा जग्गाविहीन छन् उनीहरुलाई जग्गा दिनेकुरा राम्रो हो । उनीहरुको नाम देखाउने तर विधेयकमा अर्कैकुरा आउँदा सबैको चासो भएको छ ।’

सांसद कुँवरले विधेयकमा महत्वपूर्ण कुरा हुँदाहुँदै पनि केही विषयवस्तुहरुले विधेयकलाई चर्चाको विषय बनाएको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?