Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राम्रो उद्देश्यले भूमि विधेयक आएनः सांसद कुँवर


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले दलित, भूमिहीनहरुको नाम देखाएर जग्गा अरुलाई बाँड्ने काम गर्न नहुने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको हो । छलफलका क्रममा बोल्दै उनले राम्रो उद्देश्यका साथ विधेयक आएको भए किन बाँगोटिंगो गरिरहेको भन्दै प्रश्न गरे । उनले भूमि ऐन संशोधन गर्नेगरी विधेयक आउँदा चर्चा हुने गरेको बताए ।

उनले भने,‘राम्रै मन, राम्रै सोच, राम्रै उद्देश्यका साथ यो विधेयक आएको हो भने यसरी बाँगो टिंगो गर्न के आवश्यक छ र । यदी होइन भने किन यस्तो गरियो । पटक पटक जब भूमि ऐन संशोधन गर्नेगरी विधेयक आउँछ, चर्चा परिचर्चा हुन्छ । सुकुम्बासी र दलितको नाम लिइएको छ, ज्यादै राम्रो कुरा, किनभने अझै पनि नेपालमा सुकुम्बासीहरु छन्, जसको एउटा घर बनाउने जग्गा छैन । दलितहरु गाउँमा जग्गाविहीन छन् उनीहरुलाई जग्गा दिनेकुरा राम्रो हो । उनीहरुको नाम देखाउने तर विधेयकमा अर्कैकुरा आउँदा सबैको चासो भएको छ ।’

सांसद कुँवरले विधेयकमा महत्वपूर्ण कुरा हुँदाहुँदै पनि केही विषयवस्तुहरुले विधेयकलाई चर्चाको विषय बनाएको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?