Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विकासका कामहरु जनताकेन्द्रित हुनुपर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको हो । तलफलका क्रममा बोल्दै उनले राष्ट्रिय हित भनेकै जनता केन्द्रित रहेको बताए । उनले नेपालले विकासको आफ्नो ढाँचा पनि जनताकेन्द्रित गर्नुपर्ने बताए । प्रत्यक्ष जनताको हित, सरोकारसँग जोडिएन भने कोरा बहसले मात्रै काम नगर्ने बताए ।

उनले भने, ‘हामीले हाम्रो विकासलाई जनता केन्द्रित नै बनाउनुपर्छ । राष्ट्रिय हित, लिभिङ स्टेट भनेको जनतै हो । हाम्रो विकासको मोडालिटी पनि जनताकेन्द्रित हुन जरुरी छ । त्यसले जनताको जीवनस्तरमा पार्ने प्रभावसँग जोडेर हेर्नैपर्छ हामीले । प्रत्यक्ष जनताको हित, सरोकारसँग जोडिएन भने कोरा हाम्रो बहसले न राष्ट्रको हित गर्दछ, न हाम्रो विकास र समुन्नतिलाई नै टेवा पुर्याउँछ ।’

सांसद बस्नेतले दक्षिण एशियाका अन्य मुलुकहरुको वन क्षेत्रको हाराहारीमा नेपालको संरक्षण क्षेत्र रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?