Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विकासका कामहरु जनताकेन्द्रित हुनुपर्छः सांसद बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विकासका कामहरु जनताकेन्द्रित हुनुपर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आईतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल भएको हो । तलफलका क्रममा बोल्दै उनले राष्ट्रिय हित भनेकै जनता केन्द्रित रहेको बताए । उनले नेपालले विकासको आफ्नो ढाँचा पनि जनताकेन्द्रित गर्नुपर्ने बताए । प्रत्यक्ष जनताको हित, सरोकारसँग जोडिएन भने कोरा बहसले मात्रै काम नगर्ने बताए ।

उनले भने, ‘हामीले हाम्रो विकासलाई जनता केन्द्रित नै बनाउनुपर्छ । राष्ट्रिय हित, लिभिङ स्टेट भनेको जनतै हो । हाम्रो विकासको मोडालिटी पनि जनताकेन्द्रित हुन जरुरी छ । त्यसले जनताको जीवनस्तरमा पार्ने प्रभावसँग जोडेर हेर्नैपर्छ हामीले । प्रत्यक्ष जनताको हित, सरोकारसँग जोडिएन भने कोरा हाम्रो बहसले न राष्ट्रको हित गर्दछ, न हाम्रो विकास र समुन्नतिलाई नै टेवा पुर्याउँछ ।’

सांसद बस्नेतले दक्षिण एशियाका अन्य मुलुकहरुको वन क्षेत्रको हाराहारीमा नेपालको संरक्षण क्षेत्र रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?