Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बढ्दो बेरुजुको मुख्य जिम्मेवार लेखा समिति होः सांसद केसी


काठमाडौँ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बढ्दो बेरुजुको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति रहेको टिप्पणी गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले मुलुकमा बढ्दै गएको बेरुजु र घट्दै गएको फछ्र्यौट मुख्य जिम्मेवार लेखा समिति र संवद्ध प्रशासनिक निकाय रहेको टिप्पणी गरेका हुन् । उनले मुलुकमा बेरुजु कम गर्दै मुलुकमा आर्थिक पारदर्शीता कायम गर्नेबारे समितिले गम्भीर भएर सोच्न जरुरी रहेको बताए । उनले महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमता सुधारका लागि पनि लेखा समितिले भुमिका खेल्नुपर्ने बताए । राज्य प्रणालीमा भएको समस्याको सुधार नगरी लेखा प्रणालीका समस्या केवल सैद्धान्तिक बहसमा सीमित राख्दा समस्या बढ्दै जाने उनको भनाइ छ ।

उनले भने, ‘प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ । तर फछ्र्योट चाँही घट्दै गएको छ । यसरी बेरुजु बढ्दै जाने र फछ्र्यौट घट्दै जानेमा लेखा समिति नै बढी जिम्मेवार र लेखा समितिसँग सम्बन्धीत प्रशासनिक निकाय त्यत्ति जिम्मेवार हो । यसलाई प्रभावकारी रुपमा परिचालित गरेर बेरुजु फछ्र्यौट कसरी गर्न सकिन्छ ? र बेरुजु नै हुन नसक्ने स्थिति र नीति कसरी निर्माण गर्न सकिन्छ ? भन्नेतर्फ लेखा समिति गम्भीर त हुनैपर्छ । महालेखा परिक्ष्कभित्रै पनि स्वायत्त संवैधानिक संस्थाको हैसियतले संस्थागत रुपले निर्माण गर्नको लागि के के समस्याहरु छन् ? त्यसको संस्थागत सुधारको लागि सार्वजनिक लेखा समितिले के सहयोग गर्न सक्छ ? जतिसुकै स्वायत्त संस्था भनेपनि त्यसको आफ्नो संस्थागत संरचना राम्रो भएन भने प्रभावकारी काम गर्न सक्दैन । यो समग्र राज्य प्रणालीको कुरा हो । राज्य प्रणालीको सुधार नगरिकन, हाम्रो काम गर्ने क्षमतालाई वृद्धि नगरीकन यी समस्याहरु सैद्धान्तिक रुपले हल हुन सक्दैनन् ।’

उनले मुलुकमा सुशासन कायम गर्दै आर्थिक प्रशासनिक निकायहरुको संस्थागत कार्यक्षमतामा वृद्धि गर्नु आजको आवश्यकता भएको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?