Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत


काठमाडौँ। नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।

आईतवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्ष २०८१—०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना रहेको बताए । त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको बताए । राजीनामा दिनेमध्ये सनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको प्रवक्ता घिमिरेले बताए ।

उनले भने, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको छ । २ हजार ३ सय ६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही २ हजार ७३ जनालाई गरेका छौँ ।’

प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना रहेको बताए । उनका अनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?