Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत


काठमाडौँ। नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।

आईतवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्ष २०८१—०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना रहेको बताए । त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको बताए । राजीनामा दिनेमध्ये सनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको प्रवक्ता घिमिरेले बताए ।

उनले भने, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको छ । २ हजार ३ सय ६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही २ हजार ७३ जनालाई गरेका छौँ ।’

प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना रहेको बताए । उनका अनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?