Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि


काठमाडौँ। नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति खालि रहेको छ ।

आईतवार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति दालि रहेको बताए । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताए । सिनियर अफिसरहरुको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताए ।

उनले भने, ‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ हो । खालि भएर अहिले ५.९५ प्रतिशत ४ हजार ७ सय ३५ खालि छ । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको छ । सिनियर अफिसरहरुको प्रतिशतमा गणना गर्दा प्रहरी महानिरीक्षकदेखि, प्रहरी निरीक्षकहरु गणना गर्दा २.८४ प्रतिशत रहेको छ । प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको छ । तल्लो आधारभुत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।’

उनका अनुसार तल्लो आधारभुत प्रहरी वरिष्ठ हवल्दारदेखि प्रहरी कार्यालय सहयोगीसम्म ८१.८१ प्रतिशत जनशक्ति रहेको छ ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?