Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गत आ.व.मा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आ.व.का लागि ६० अर्ब ९५ करोड विनियोजन


काठमाडौँ । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको छ ।

आईतवार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्षमा प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रहेको र जसमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको बताए । उनले २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन नसकेको पनि बताए ।

उनले भने, ‘गत आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित भएको बजेट ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार थियो । जसको ९६.४५ प्रतिशत खर्च भएको छ । ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको छ । २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन सकेन । चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित बजेट ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको छ ।’

उनले चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?