Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजनीतिक स्थिरताका लागि एमाले—काँग्रेस सहकार्यः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एमाले—काँग्रेस सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताएका छन् ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस र एमाले पार्टीको सहकार्य र प्रतिष्पर्धा काम गर्नका लागि नै भएको बताए । अहिलेकै गठबन्धनलाई ०८४ सम्म लैजाने र ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने अठोटका साथ अहिलेको गठबन्धन अघि बढिरहेको बताए । दुई पार्टीबीचको प्रतिष्पर्धा काँग्रेसबाट सरकारमा गएका वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो गरे भन्ने रहेको बताए ।

उनले भने, ‘म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यु भएको फोरममा पनि भन्ने गर्दछु । दुई वटा पार्टी नेपाली काँग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिष्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छाँै । हामी सहकार्य ०८४ सम्म यही गठबन्धनलाई लिएर जानेकुराका लागि सहकार्य गर्दछौँ । ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ । ०८४ सम्म पुग्दा हाम्रो प्रतिष्पर्धा कसले बढी राम्रो गयो भन्ने हो । काँग्रेसबाट गएका मन्त्रीहरुले राम्रो गरे की, एमालेबाट गरेका मन्त्रीहरुले राम्रो गरे भन्ने हो । काँग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ की अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ । ०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो ।’

मन्त्री पाण्डेले साहित्यमा विपी कोईरालाको योगदान अविष्मरणीय रहेको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?