Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

भूमि सम्बन्धी विधेयक मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आयोः हितराज पाण्डे


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ एकीकृत नभएको आरोप लगाएका छन् ।

आईतवारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भूमिसम्बन्धी ऐन धेरै पुरानो भएकाले नयाँ बनाउन खोजिएको तर एकीकृत हुन नसकेको बताए । यस सम्बन्धी विगतमा भएका छलफलहरु पनि समेटेर एकीकृत बनाइ ल्याउनुपर्ने बताए । विधेयकको संशोधन मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको बताए ।

उनले भने, ‘भूमिसम्बन्धी जुन ऐन छ, यो ऐन एकदमै पुरानो हो । धेरै पुरानो भएका कारणले र धेरै पटक संशोधन भएका कारणले सरकारसँग के आग्रह गर्दछु भने यो ऐनलाई व्यवस्थित गर्नको लागि धेरै पटक संशोधन भएर विषयवस्तु राखिएका छन् । एकीकृत बनाएर भूमिसम्बन्धी ऐन आउनुपर्छ । यो विधेयकमा तीन चार वटा विषयहरुमा केन्द्रित भएर हेरिनुपर्छ । विधेयकको जुन संशोधन आएको छ । त्यसमा अलि नेपाल सरकार मन्त्रीपरिषद्लाई केन्द्रित गर्नेगरी आएको छ । त्यो बारेमा ऐनमा ख्याल गरिनुपर्छ ।’

प्रमुख सचेतक पाण्डेले भूमि विधेयकमा जग्गा सम्बन्धी विषयवस्तुमा आफ्नो फरक धारणा रहेको बताए । जग्गा लिँदा एउटा विषय भनेर लिने तर पछि निजी स्वार्थमा प्रयोग गर्ने गरेको पाइएको बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?