Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मधेसमा सुख्खापनको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन पाउँदैनः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिंचाईको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो टिप्पणी गरेका हुन् । मधेसको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको बताए । उनले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गरे । जनताको आधारभुत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाए । तपाईंजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न उनको छ ।

उनले भने, ‘मधेसका नागरिकहरुलाई खानेपानी तथा सिंचाईको लागि पानी उपलब्ध गराउने कागजी घोषणले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यगज्युमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु । लागु नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहान्न । जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो ? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन । रोजगारीको माग गरे सरकारले वास्ता गरेन । निःशुल्क औषधोउपचार पाउने गरि जनताको इच्छा समेत पूरा भएन । दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन् । राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन् । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन ?’

उनले मुलकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?