Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मधेसमा सुख्खापनको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन पाउँदैनः माओवादी केन्द्र


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले मधेसको खानेपानी तथा सिंचाईको समस्याबारे कागजी घोषणा गरेर सरकार पन्छिन नमिल्ने टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो टिप्पणी गरेका हुन् । मधेसको सुख्खापनको समस्या समाधान गर्न सरकारले प्याकेजसहितको कार्यक्रम ल्याउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले एक वर्षमा जनहितका केही उपलब्धि प्राप्त गर्न नसकेको बताए । उनले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयन नभएको र हुन नसक्ने टिप्पणी पनि गरे । जनताको आधारभुत सेवा र सुविधा सुनिश्चित गर्न राज्य पूर्णतः असफल भएको आरोप लगाए । तपाईंजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न उनको छ ।

उनले भने, ‘मधेसका नागरिकहरुलाई खानेपानी तथा सिंचाईको लागि पानी उपलब्ध गराउने कागजी घोषणले मात्रै सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन । सरकारले ठोस राहत प्याकेजको व्यवस्था गर्न सम्माननीय अध्यगज्युमार्फत नेपाल सरकारलाई आग्रह गर्दछु । लागु नभएका र नहुने सरकारका सात बुँदाको म यहाँ चर्चा गर्न चाहान्न । जनताले के खोजेका थिए र यो एक वर्षमा के भयो ? नेपाली जनताले अर्थतन्त्रमा सुधार खोजेका थिए तर सरकारले सुधार गर्न सकेन । रोजगारीको माग गरे सरकारले वास्ता गरेन । निःशुल्क औषधोउपचार पाउने गरि जनताको इच्छा समेत पूरा भएन । दलालबाट मुक्ति खोजेका जनताले त्यो पनि पाएनन् । राज्यले तोकेको सेवा जनताले उपभोग गर्न पाएनन् । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईजस्तो दुई तिहाईको प्रधानमन्त्रीले रोजगारीको अवसर सिर्जना गरेर गरिबी न्युनिकरण गरेको खोई ? सक्रिय जनशक्ति पलायन हुनबाट किन रोक्न सक्नुभएन ?’

उनले मुलकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?