Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताएका छन् ।

आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताए । जवाफ दिन आउन नसक्ने भएकाले दिवंगत नेताहरुमाथि कुनै आरोप लगाउन नहुने बताए । विपी कोईराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी अब पार्टी विशेषको नेता नभइ देशको नेता भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘योगदानलाई कदर गर्ने सम्बन्धमा यो पार्टी र त्यो पार्टी गर्नु हुँदैन भन्ने मेरो विश्वास छ । त्यसैकारण मैले शहीदहरुको सन्दर्भमा २०२० सालमा मारिनुभएका शहीद दुर्गानन्द झालाई शहीद मानिएको थिएन । शहीद भनेको मेरो र तेरो हुँदैन । नेता नमरुन्जेल मेरो र तेरो हुनसक्छ । तर मरेपछि नेता सबैको हो । विपी कोईराला बाँचुन्जेल नेपाली काँग्रेसको हुनुहुन्थ्यो अब नेपालको नेता हो । पुष्पलाल अब नेकपाको नेता होइन, बाँचुन्जेल नेकपाको नेता हुनुहुन्थ्यो । अब उहाँ देशको नेता हो । गणेशमान अब देशको नेता हो । उहाँले गरेका योगदानले सिंगो नेपाललाई फलिफाप भएको छ भने काँग्रेसको मात्र नेता कसरी हुन्छ ? गणेशमा, विपी कोईराला मेरो नेता किन होइन ? देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न हुँदैन । त्यो देशको नेता हो । मदन भण्डारी अब एमालेको नेता होइन, उहाँ देशको नेता हो । आफ्नो जीवन देशका लागि आहूति गर्नेहरुको सन्दर्भमा फराकिलो दृष्टिकोण लिनुपर्छ । सबै नेताहरुको सम्बन्धमा साँघुरो दृष्टिकोण राख्नु हुँदैन । उहाँहरुको सन्दर्भमा अब हामीले कुनै नकारात्मक टिप्पणी गर्नु हुँदैन, कुनै आरोपित गर्न हुँदैन । किनभने उहाँहरु जवाफ दिन हुनुहुन्न उहाँ ।’

प्रधानमन्त्री ओलीले देशका लागि बलिदान गर्नेहरुलाई पार्टी, व्यक्ति, परिवार विशेषमा जोड्न नहुने बताए ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?