Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रह : ठूलो परियोजनामा लगनी गर्नुहोस्


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।

आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गरेका हुन् । करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताए । उनले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताए । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गरे । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उनले सुझाव पनि दिए ।

उनले भने, ‘यदि साँच्चै हामी ऐक्यवद्धता जनाएर महासंघ बनाएका हौँ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । एउटा शक्ति पनि हो, झन्डै तीन सय हाराहारी संस्थाहरू आवद्ध छाँै भन्नुभाछ, त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । यो टे«डिसनल (परम्परागत) हिसावमा चलिरहनु हुँदैन । थुप्रै सामुदायिक उपभोक्ता साथीहरू के भन्नुहुन्छ भने हामी चल्न नसक्ने भयौँ, पहिले ९०ः१० हुँदा हुँदै अहिले ८०ः२० को हाराहारीमा लगानी छ क्यारे । रोजगारीको सिर्जना पनि भएकै छ । उपभोक्ताले सुविधा पनि पाएकै छ । तर, अहिले आवश्यकता के हो ? गुणस्तरीय सेवाको आवश्यता हो । हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको । २४ सै घण्टा विद्युत आपूर्ती गर्न सक्ने । हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफूैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने । आजको आवश्यकतामा नयाँ खोजी के त ? यत्रो ठूलो समूदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने । विनको सम्भावना के छ ? त्यसको अध्यन गर्ने, काम सुरु गर्ने । अर्थात् कुनै ठूलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ । यति धेरै संस्थाहरू आवद्ध भइसकेपछि यसो किन नगर्ने ? पुरानै कुरामा किन अल्झिएर बस्नुपर्छ र ?’

मन्त्री खड्काले देशको आवश्यकता अनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिए । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उनको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताएका छन् ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?