काठमाडौँ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले एक सार्वजनिक सूचना जारी गर्दैलामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा पनि कार्यालयको सम्पर्कमा नआएकोले तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने चेतावनी दिएको हो।
प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार