Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इस्तानबुलको वार्तापछि इरान र युरोपेली देशहरू परामर्श जारी राख्न सहमत


एजेन्सी। इरान र युरोपेली ३ देशहरू(फ्रान्स, बेलायत र जर्मनी)का कुटनीतिज्ञहरूले इस्तानबुलमा प्रतिवन्ध राहत र आणविक मुद्दाको बारेमा छलफलपछि परामर्श जारी राख्न सहमत भएका छन् ।

इरानी कानूनी तथा अन्तर्राष्ट्रिय मामिला उप–विदेशमन्त्री काजेम घरिबादीले यसबारे जानकारी गराएका हुन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिला उप–विदेशमन्त्री माजिद तख्त–रावन्ची र घरिबादीले गरेका थिए । लगभग चार घण्टा चलेको बैठकपछि घरिबादीले इरान र युरोपेली त्रिपक्षीयले आणविक मुद्दा र प्रतिवन्ध हटाउने सम्बन्धमा गम्भीर, स्पष्ट र विस्तृत छलफल गरेको बताए । इरानी पक्षले इजरायलसँगको हालैको द्वन्द्वको बारेमा युरोपेली अडानहरूको कडा आलोचना गरेको छ ।

स्न्यापब्याक संयन्त्रसहित आफ्नो सैद्धान्तिक अडान दोहोर्याएको छ । स्न्यापब्याक संयन्त्र २०१५ को आणविक सम्झौताको एउटा धारा हो । जसलाई औपचारिक रूपमा संयुक्त व्यापक कार्य योजना भनेर चिनिन्छ । जसले इरानले सम्झौताको पालना गर्न असफल भएमा अन्य पक्षहरूलाई सबै अन्तर्राष्ट्रिय प्रतिवन्धहरू पुनः लागू गर्न अनुमति दिनेछ । जुन १३ मा इरानमा इजरायली आक्रमण पछि अमेरिका–इरान वार्ता र युरोपेली पक्षहरूसँगको व्यापक छलफल निलम्वित भएपछि इरानी आणविक मुद्दामा कुटनीति पुनः शुरु गर्ने प्रयासहरूको बीचमा वार्ता भएको हो ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?