Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

इस्तानबुलको वार्तापछि इरान र युरोपेली देशहरू परामर्श जारी राख्न सहमत


एजेन्सी। इरान र युरोपेली ३ देशहरू(फ्रान्स, बेलायत र जर्मनी)का कुटनीतिज्ञहरूले इस्तानबुलमा प्रतिवन्ध राहत र आणविक मुद्दाको बारेमा छलफलपछि परामर्श जारी राख्न सहमत भएका छन् ।

इरानी कानूनी तथा अन्तर्राष्ट्रिय मामिला उप–विदेशमन्त्री काजेम घरिबादीले यसबारे जानकारी गराएका हुन् । इरानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिला उप–विदेशमन्त्री माजिद तख्त–रावन्ची र घरिबादीले गरेका थिए । लगभग चार घण्टा चलेको बैठकपछि घरिबादीले इरान र युरोपेली त्रिपक्षीयले आणविक मुद्दा र प्रतिवन्ध हटाउने सम्बन्धमा गम्भीर, स्पष्ट र विस्तृत छलफल गरेको बताए । इरानी पक्षले इजरायलसँगको हालैको द्वन्द्वको बारेमा युरोपेली अडानहरूको कडा आलोचना गरेको छ ।

स्न्यापब्याक संयन्त्रसहित आफ्नो सैद्धान्तिक अडान दोहोर्याएको छ । स्न्यापब्याक संयन्त्र २०१५ को आणविक सम्झौताको एउटा धारा हो । जसलाई औपचारिक रूपमा संयुक्त व्यापक कार्य योजना भनेर चिनिन्छ । जसले इरानले सम्झौताको पालना गर्न असफल भएमा अन्य पक्षहरूलाई सबै अन्तर्राष्ट्रिय प्रतिवन्धहरू पुनः लागू गर्न अनुमति दिनेछ । जुन १३ मा इरानमा इजरायली आक्रमण पछि अमेरिका–इरान वार्ता र युरोपेली पक्षहरूसँगको व्यापक छलफल निलम्वित भएपछि इरानी आणविक मुद्दामा कुटनीति पुनः शुरु गर्ने प्रयासहरूको बीचमा वार्ता भएको हो ।


प्रकाशित मिति: ११ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?