Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एपस्टाइनसँगको सम्बन्ध ट्रम्पद्वारा पुनः अस्वीकार


अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत अमेरिकी फाइनान्सर जेफ्री एपस्टाइनसँग आफ्नो कुनैपनि सम्बन्ध नरहेको बताउंदै उनले डेमोक्र्याटहरूले यसलाई नक्कली प्रचार गरिरहेको आरोप लगाएका छन् ।

ट्रम्पले स्कटल्याण्ड प्रस्थान गर्नुअघि ह्वाइट हाउसमा पत्रकारहरूलाई आफ्नो उक्त व्यक्तिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । २००३ मा एपस्टाइनले आफ्नो ५० औं जन्मदिनको लागि प्राप्त गरेका हस्तलिखित पत्रहरूमध्ये डोनाल्ड ट्रम्पको हस्ताक्षर भएको पत्र थियो । अमेरिकी राजनीतिक तथा व्यावसायिक अभिजात वर्गसँग व्यापक सम्बन्ध राख्ने एपस्टाइनलाई यौन अपराधको आरोपमा पक्राउ गरिएको थियो । अगस्ट २०१९ मा जेलमै उनको मृत्यु भयो ।

२०२४ को आफ्नो राष्ट्रपति अभियानको क्रममा ट्रम्पले पुनः निर्वाचित भएमा एपस्टाइनसँग सम्बन्धित कागजातहरू जारी गर्ने वाचा गरेका थिए ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?