Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

कुलिङ अफ पिरियड छेडखानीमा ओलीलाई छानविन गर्नुपर्छ : प्रचण्ड


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको जिकिर गरे । उनले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका । एमाले पार्टीको नेतृत्वकै कारण कुलिङ अफ पिरियडमा छेडखानी भएको जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘तपाईंहरुले देख्नुभएको छ । अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । जसरी संघीय निजामति ऐन सुन्नुभएको छ । कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्नेकुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्नेकुरा जस्तो एमालेले म्याउँ गरि नै हाल्यो । उसको नै रहेछ नियत, षड्यन्त्र गर्ने, यसका निम्ति जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्छ । संसदीय छानविन समितिलाई भनेको छु, संकाको सुई त पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै थियो । तर ठोस रुपमा भन्ने आधार थिएन, अहिले एमालेका सांसदहरुले गरेको गतिविधि र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । छानविनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौँ । हाम्रा माननीय सदस्यहरुले सदनमा पनि उठाउनुभएको छ ।’

अध्यक्ष दाहालले अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा सरकार भएको आरोप लगाएका छन् ।


प्रकाशित मिति: १० श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?