Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

अभद्र व्यवहार गर्ने जर्मनीका राजदूतलाई चाडले देश निकाला गर्यो


अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको छ ।

राजदूत निष्कासनबारे औपचारिक जानकारी नदिइएका पनि चाड सरकारका प्रवक्ता अजिज महमत सालेहले उनलाई चाडको सिमानाबाट बाहिरिन आग्रह गरिएको पुष्टि गरेका छन् ।

यहाँस्थित जर्मनीको राजदूतावासले सामाजिक सञ्जालबाट राजदूतलाई निष्कासनको आदेश दिइएको जानकारी प्राप्त भएको बताएका छन् । राजदूत क्रिकले यसअघि नाइजर, अङ्गोला र फिलिपिन्समा कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् । उनी अस्थिल सहेल क्षेत्रमा जर्मनीका विशेष प्रतिनिधि पनि थिए ।

सरकारले धेरै पटक चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै राजदूत क्रिककले चाडको शासन व्यवस्थामा अत्यधिक हस्तक्षेपका साथै विभाजनकारी टिप्पणी गरेको चाड सरकारका अर्का एक अधिकारीले बताएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?