Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

अभद्र व्यवहार गर्ने जर्मनीका राजदूतलाई चाडले देश निकाला गर्यो


अभद्र व्यवहार र कूटनीतिक अभ्यास विपरीत काम गरेको आरोप लगाउँदै चाड सरकारले यहाँस्थित जर्मनीका राजदूतलाई निष्कासन गरेको छ । राजदूत जन क्रिश्चियनगार्डन क्रिकलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिइएको जनाइएको छ ।

राजदूत निष्कासनबारे औपचारिक जानकारी नदिइएका पनि चाड सरकारका प्रवक्ता अजिज महमत सालेहले उनलाई चाडको सिमानाबाट बाहिरिन आग्रह गरिएको पुष्टि गरेका छन् ।

यहाँस्थित जर्मनीको राजदूतावासले सामाजिक सञ्जालबाट राजदूतलाई निष्कासनको आदेश दिइएको जानकारी प्राप्त भएको बताएका छन् । राजदूत क्रिकले यसअघि नाइजर, अङ्गोला र फिलिपिन्समा कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् । उनी अस्थिल सहेल क्षेत्रमा जर्मनीका विशेष प्रतिनिधि पनि थिए ।

सरकारले धेरै पटक चेतावनी दिए पनि त्यसको बेवास्ता गर्दै राजदूत क्रिककले चाडको शासन व्यवस्थामा अत्यधिक हस्तक्षेपका साथै विभाजनकारी टिप्पणी गरेको चाड सरकारका अर्का एक अधिकारीले बताएका छन् ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?