Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला


काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताए । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताए । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताए । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘जनताको हितमा संविधान संशोधन हुँदै जान्छ । हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ । संसदले गरेका क्रियाकलाप, संसदले बनाएका विधेयकहरु, संवैधानिक परिषद्ले गरेका निर्णयहरु, संवैधानिक निकायले गरेका कामहरु, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरुको एक पटक मूल्यांकन गर्न जरुरी छ । संविधान कार्यान्वयनको एक पटक कार्यान्वयन गरौँ । यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै वाधक भएको भए संविधान संशोधन गरौँ । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ । यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ । संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ ।’

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?