Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्छः सांसद सिटौला


काठमाडौँ। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताए । अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताए । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताए । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकताअनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताए ।

उनले भने, ‘जनताको हितमा संविधान संशोधन हुँदै जान्छ । हामीले समग्र कुराको मूल्यांकन गर्नुपर्छ । संसदले गरेका क्रियाकलाप, संसदले बनाएका विधेयकहरु, संवैधानिक परिषद्ले गरेका निर्णयहरु, संवैधानिक निकायले गरेका कामहरु, काम कर्तव्य अधिकार निर्वाह गर्दा लिएको जिम्मेवारी, सबै तहका सरकारले गरेका कामहरुको एक पटक मूल्यांकन गर्न जरुरी छ । संविधान कार्यान्वयनको एक पटक कार्यान्वयन गरौँ । यथार्थपरक भएर जनताको हितमा काम गर्न कतै वाधक भएको भए संविधान संशोधन गरौँ । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ । यो मार्गचित्रमा यो सरकार पनि छ र हाम्रो पार्टी पनि छ । संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकताअनुसार संशोधन गर्ने नीति तथा कार्यक्रममा भनेका छौँ ।’

सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?