Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च


एजेन्सी। राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ ।

जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३ सयले वृद्धि भएको छ । जुन २०२४ को तुलनामा ५ लाख ८४ हजार बढी हो । बेरोजगारी २३ लाख ६ हजार १ सयले घटेर २.५५ मिलियन पुगेको छ । यसले राष्ट्रिय बेरोजगारी दर १०.२९ प्रतिशतमा झरेको छ । जुन २००८ को विश्वव्यापी वित्तीय संकट पछिको सबैभन्दा कम स्तर हो । आईएनईकाअनुसार स्पेनको जनसंख्या हाल ४ करोड ९० लाख रहेको छ ।

स्पेनको रोजगारी दर लगातार तीन त्रैमासिकमा ०.६ प्रतिशतभन्दा बढीले बढेको छ । स्पेनको कुल गार्हस्थ्य उत्पादन २०२५ मा २.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तुलनात्मक रूपमा, युरोपेली आयोगको वसन्त २०२५ आर्थिक पूर्वानुमानले समग्र युरोपेली संघको लागि १.१ प्रतिशत र युरो क्षेत्रको लागि ०.९ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?