Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध


एजेन्सी। इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् । गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् ।

देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो । बाँधहरूले अब क्षमताको ४४ प्रतिशत मात्र ओगटेका छन् । जबकि होर्मोज्गन र फार्स जस्ता दक्षिणी प्रान्तहरूले पूर्ण रूपमा कमीको सामना गरिरहेका छन् । तेहरानमा ४१ प्रतिशत वर्षा घटेको बताइएको छ ।

तेहरान प्रान्तको पानी कम्पनीले यसले बिहीवारदेखि अर्को सूचना नभएसम्म सबै सार्वजनिक र निजी पोखरीहरूमा पानी आपूर्ति निलम्वन गरिएको जनाएको छ । मन्त्रिपरिषद् बैठकमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले विगतका प्रयासहरू संकट समाधान गर्न असफल भएको स्वीकार गरे ।


प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?