Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनपुरधामलाई विवाह केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

बुधवार जनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले विश्वभर देशबाहिरका धार्मिकस्थलहरुमा गएर विवाह गर्ने संस्कृतिको विकास भइरहेको उल्लेख गर्दै राम र सीताको विवाहस्थल समेत रहेको जनपुरधामलाई म्यारिज हवको रुपमा विकास गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्नु जरुरी रहेको पनि उनको भनाइ छ । उपप्रधानमन्त्री सिंहले नेपालको सांस्कृति एवं धार्मिक पहिचानको संरक्षणका लागि आफ्नो स्थानबाट सबैले सहयोग गर्न जरुरी रहेको पनि बताए ।

उनले भने, ‘अहिले विवाह गर्दाखेरी विदेशतिरै गएर गर्ने चलन पनि रहेको छ । यसरी बाहिरबाट आएका जोडिहरुको विवाह गर्नको लागि पुराना पुराना धार्मिक स्थलहरु प्रयोग भएको पनि हामी सुन्दै आएका छौं । यो राम र सिताको विहे भएको थलोलाई विवाह गर्ने एउटा थलोको रुपमा विकसित गर्नको लागि आवश्यक पूर्वाधारहरु निर्माण गर्ने कुरामा लाग्नुपर्छ ।’

धार्मिक महत्व बोकेको जनकपुरधामलाई विश्वकै उत्कृष्ट धार्मिक पर्यटकस्थलको रुपमा विकास गर्दै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?