Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३२ श्रावण २०८२, आईतवार
३२ श्रावण २०८२, आईतवार

गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरु खोज्नुपर्ने भएको उनको भनाइ छ । हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उनको भनाइ छ । कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उनको भनाइ छ । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएको उनको जिकिर छ ।

महासचिव चन्दले भने, ‘हामी हरेक समयमा एकताको कुरा गर्छौं तर हामीभित्र उकुसमुकुस छ । हामीलाई चाहिएको एकता नै हो । हामीलाई चाहिएको मोर्चा नै हो । सहकार्य र सहयात्रा नै हो । त्यसको लागि एउटा निश्चित दृष्टिकोण नै हो । नेपाली समाजको नयाँ व्याख्या जरुरी छ । प्रचण्डहरुले निर्णय गर्नुभएको थियो, यो पहाड भत्काएको हामीले हो । निःशर्त हो । आज पनि भत्काउँछौँ । दलालहरुलाई कुनकुन खाल्डोमा हाल्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । गणतन्त्रमा झारपात उम्रिएका छन् । गणतन्त्रका फूलहरु हेर्न झारहरु पल्टाएर हेर्नुपर्ने भयो । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएका छन् । कुन फूल र कुन झारपात नेपाली जनता अल्मलमा परेका छन् । बर्खामा च्याउ उम्रिएका जस्ता झारपात उम्रिएका जस्ता राजनीतिक दलहरु छन् । गणतन्त्रमा बर्खामा उम्रिएका झारपातहरु छन् । गणतन्त्र त आयो तर झारपातले ढाक्यो । ’

महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?