Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३२ श्रावण २०८२, आईतवार
३२ श्रावण २०८२, आईतवार

मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा भएको खानेपानीको समस्या समाधान गर्न सरकार गम्भीर रुपमा लागिपरेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका हुन् । उनले आज मात्रै मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गरे । उनले मधेस प्रदेशमा रहेको खानेपानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका उपायहरुको खोजि गरिने पनि बताए । प्रधानमन्त्री ओलीकाअनुसार हालसम्म ९५ प्रतिशत नागरिकलाई ट्यांकरमार्फत सरकारले खानेपानी वितरण गरिसकेको छ भने बाँकी पाँच प्रतिशतलाई समेत वितरण गरिनेछ ।

उनले भने, ‘मधेश प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र भनेर निर्णय गरेर आएको छु । अब त्यहाँ कुनैपनि समस्या भयो भने आपतकालीन ढंगले बजेटको व्यवस्था गर्न सकिने र कुनैपनि समान किन्न सजिलो हुनेछ । भइरहेको छ बेहाल त्यसकारण यसप्रति सरकार गम्भिरताका साथ लागिहरेको छ । यसको लागि सरकार तत्कालिन र दीर्घकालिन रुपमा के गर्न सकिन्छ भन्ने कुरामा लागिपरेको छ । हाललाई ९५ प्रतिशत नागरिकलाई पानी ट्यान्कीबाट सरकारले खानेपानी वितरण गरेको छ । पाँच प्रतिशत नागरिकलाई अझै पनि वितरण गर्न सकेको छैन । खानेपानी बिना कोही रहने छैन, खानेपानीको व्यवस्था सरकारले गर्छ ।’

उनले मधेसमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधानका लागि पानीका स्रोतहरुको खोजि भइरहेको पनि बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?