Trending
>>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी >>   दुर्गममा काज खटाउँदा जान नमान्ने कर्मचारीको नाम सार्वजनिक गर्छौंः मन्त्री न्यौपाने >>   ५९ वटा स्थानीय तहले समयमा नै बजेट ल्याउन सकेनन् >>   प्रधानमन्त्रीको प्रतिवद्धताः प्रतिगमनकारी कुनै कानूनको मस्यौदा संसदमा पठाउँदैनौँ >>   साफ महिला यु–१७ च्याम्पियनसिप जित्छौंः प्रशिक्षक श्रेष्ठ >>   सडक सुरक्षाको दीर्घकालिन योजनाको काम सरकारले कहिलेदेखि थाल्छ:निशा डाँगी >>   आगामी वर्षदेखि नोटबाहेक सबै छपाई सम्बन्धी काम सुरक्षण मुद्रण केन्द्रले गर्छः सञ्चारमन्त्री >>   परराष्ट्रमन्त्री डा. राणा र भारतीय विदेश सचिव मिश्रीबीच भेट >>   सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

स्थानीय सरकारलाई ब्युँझाउन जरुरीः सांसद पाण्डे


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकारलाई ब्युँझाउन जरुरी रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताए । उनले संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार भएको र प्रदेश सरकार नजिक एउटा सरकार छ रे भनेर सुन्ने सरकार भएको भन्दै स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको बताए ।

उनले भने, ‘स्थानीय सरकारलाई हामीले अलि ब्युँझाउने कोशिस गरेका छैनौँ । संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार हो । प्रदेश सरकार भनेको हामी नजिकै एउटा सरकार छ रे भनेर सुन्ने सरकार हो । स्थानीय सरकार भनेको घरमा मान्छे मर्दा कात्रो किन्ने पैसा भएन भने मेरो घरमा लाश उठेन भनेर कात्रो किन्नलाई गएर पालिकाको प्रमुखको घुँडामा टाउको राखेर रुन पाउने सरकार हो । त्यो सरकार आज के छ ? ठिक ढंगले चलिरहेको छ की छैन की ?’

सांसद पाण्डेले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुले जनताको हितमा राम्रोसँग काम गरेको वा नगरेको भन्नेबारेमा केन्द्रिय नेताहरुले निरीक्षण गरिरहनुपर्ने बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?