Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

पूर्वराष्ट्रपति भण्डारीलक्षित सांसद खतिवडाको टिप्पणीः सर्वोच्च पदमा पुगेको व्यक्ति वडा अध्यक्ष बन्न तम्सिनु हुन्न


काठमाडौँ। नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखे ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडा अध्यक्ष बन्न तम्सिन नहुने बताएका हुन् । उनले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताए । उनले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गरे । सांसद खतिवडाले मधेसमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताए ।

उनले भने, ‘मधेशमा खानेपानीको हाहाकार छ । मान्छेहरु गाग्री लिएर मान्छेहरु सडकमा आउने स्थिति सिर्जना भयो । संघीय संसदमा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ । एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो । देखा पर्न सक्नु भएको छैन । मन्त्रीलाई संसदमा उपस्थित गराएर त्यहाँको समस्याको बारेमा सदनलाई जानकारी गराउन रुलिङको माग गर्दछु । अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरु आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देख्नमा आएको छ । सरकारको ध्यान पुगोस् । सर्वोच्च पदमा पुगेको मान्छे फेरी वडा अध्यक्ष हुुनु हुदैन ।’

मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसदलाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गरे ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?