Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो–प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू


काठमाडौँ। जगदुल्ला हाइड्रोपावरमा भएको अनियमितताबारे प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

आज भएको छलफल पछिको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रचलित कानूनहरु अनुसार उठेका विषयहरु छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । पहिल्यै यो विषय अदालतमा गएको थाहा नभएका कारण छलफलमा ल्याइएको बताउँदै आगामी दिनमा यस्ता विषयमा सजगतापूर्वक छलफल चलाइने बताए ।

समिति सभापति पोखरेलले भने–‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधिन भएको अवस्थामा हामीले यसबारे छलफल अघि बढाउनुपर्ने देखिएन । हामीले निकाल्ने निष्कर्षले कुनै परिणाम दिने देखिएन । प्रचलित कानून विपरित नहुने गरी सम्बन्धित निकायलाई जवाफदेही हुनेगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गर्दछौं ।’

पोखरेलले निर्णय सुनाउँदै गर्दा माओवादी सांसद अमनलाल मोदीले भने नोट अफ डिसेन्ट भरे । उनले अनियमितताबारे गम्भीर रुपमा छानविन हुनुपर्ने बताएका थिए ।

सांसद मोदीले भने–‘यस्ता अनियमितताका विषयमा यति हल्का निर्णय गरिन्छ भने मेरो सहमती छैन । नोट अफ डिसेन्ट ।’

सांसद मोदीले समिति बैठकमा सो कुरा बताइरहँदा सभापति पोखरेलले भने अदालतमा गएको विषयमा समिति संयम हुनुपर्ने अवस्था आएको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?