
एजेन्सी। बंगलादेश वायुसेनाको प्रशिक्षण विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जसमध्ये २५ जना बालबालिका रहेका छन् । अन्य दुई पीडितहरूमा विमानका पाइलट र एक महिला स्कूल शिक्षिका समावेश छन् ।
अन्तरिम सरकारका प्रमुख सल्लाहकारका स्वास्थ्य तथा परिवार कल्याणका लागि विशेष सहायक मोहम्मद सयदुर रहमानले कम्तिमा ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सयदुरले बताए । सरकारले उक्त दुखद घटनाको प्रतिक्रियामा मंगलवार एक दिने राष्ट्रिय शोक मनाएको छ ।
अन्तर सेवा जनसम्पर्क निर्देशनालयकाअनुसार नियमित प्रशिक्षण उडानमा संलग्न बंगलादेश वायुसेना विमान ए.के.बाट उडेको थियो । सोमवार स्थानीय समयअनुसार दिउँसो १ः०६ बजे ढाकाको कुर्मितोलामा रहेको खान्डाकर एयर बेसबाट विमान छुटेको थियो । त्यसको केही समयपछि नै दुई तले विद्यालय भवनमा ठोक्किएको थियो ।
प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार