Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

पुष्पलाल नेपालको कम्युनिष्ट आन्दोलनको जनकः वेदुराम भुसाल


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष वेदुराम भुसालले पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिष्ट आन्दोलनको जनक भएको बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान अतुलनीय रहेको बताए । नेपालमा माक्र्सवाद प्रवेश गराउने व्यक्ति नै पुष्पलाल भएको बताए ।

उनले भने, ‘कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पिता, नेपाली कम्युनिष्ट आन्दोलनका जनक भनेर बुझ्नुपर्छ । उहाँको योगदानका आधारमा हामीले मूल्यांकन गर्नुपर्छ । पुष्पलाल नै त्यो व्यक्तित्व हुनुहुन्छ, जसले नेपालमा माक्र्सवादको प्रवेश गराउनु भयो । सर्वप्रथम नेपालमा माक्र्सवादको प्रवेश गराउने नेपाली भाषामा माक्र्सवादको व्याख्या गर्ने पहिलो व्यक्ति हो पुष्पलाल । नेपालमा माक्र्सवाद प्रवेश गराउने, माक्र्सवाद साहित्यको सिर्जना शुरुवात गर्ने व्यक्तित्व पनि पुष्पलाल हो ।’

उपाध्यक्ष भुसालले पुष्पलालले शुरु गरेको कामहरु आज पनि अधुरा रहेको बताए । मुलुकलाई समाजवादमा पुर्याउने लक्ष्य, नेपाली समाजको इतिहास नयाँ ढंगले लेख्नुपर्छ भन्ने लक्ष्य आज पनि अधुरो रहेको बताए ।


प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?