Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने


काठमाडौँ। सरकारले विपद्पछिको प्रतिकार्यका लागि ड्रोनको प्रयोग गर्ने भएको छ ।

मंगलवार गृह मन्त्रालयमा सरकार र नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघबीच विपद्पछिको प्रतिकार्य (खोज, उद्धार र राहत) का लागि ड्रोनको प्रयोग गर्ने सम्झौता गरेको हो । संघहरुले विपद्पछिको प्रतिकार्यका लागि निःशुल्क चालकसहितको ड्रोन उपलब्ध गराउने सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । उनले नेपाल विपद्को धेरै जोखिम भएको भूगोलमा रहेको बताए । विपद् प्रतिकार्यका लागि सरकारले अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा सरकार पुगेको बताए । निजी क्षेत्रलाई पनि विपद् प्रतिकार्यमा संलग्न गराइ अघि बढिएको बताए ।

गृहमन्त्री लेखकले भने, ‘हामी विपद्को अत्यन्त ज्यादा जोखिम भएको भूगोलमा छौँ । भूकम्पको जोखिम छ । बाढी, पहिरो, चट्याङ, आगलागी, लू लाग्ने, हिउँ लाग्ने सम्मका जोखिम छन् । हामीले विपद्को पूर्वसूचना र प्रतिकार्यका लागि हमेसा तयार अवस्थामा बस्न जरुरी छ । विपद् पूर्वको सूचना प्रणालीलाई चुस्त दुरुस्त गर्ने, कुन ठाउँमा अत्याधिक वर्षा हुने सम्भावना छ, कुन नदीमा बाढीको सम्भावना छ, कुन ठाउँमा डुबान, पहिरोको सम्भावना छ, यसको सूचना समयमा नै संप्रेषण गरी मानिसको जिउ,ज्यान र सम्पतीको सुरक्षा गर्नेकुरा हो । अर्को विपद् भइसकेपछि प्रतिकार्यको पाटो छ । कुनै ठाउँमा विपद् भयो भने ड्रोको प्रयोग गरेर खोज, उद्धार र आवश्यकता परे राहतसम्म पनि धेरै ज्यादा राहत पठाउन नसके पनि औषधि, तत्काल पिउने पानी पठाउनसक्छौँ । नेपाल मानव रहित विमान ड्रोन संघ र नेपाल ड्रोन संघका सम्पूर्ण पदाधिकारीलाई हृदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।’

गृहमन्त्री लेखकले सरकारले विपद्को प्रतिकार्यका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको बताए ।


प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?