
काठमाडौँ। संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संघीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गरिन ।
प्रश्तावलाई सर्वसम्मत रुपमा सभाका सदस्यहरुले सहमति जनाएको राष्ट्रिय सभा अध्यक्षले घोषणा गरे । बैठकले गृहमन्त्री रमेश लेखकले प्रश्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव पनि सर्वसम्मत स्वीकार गरेको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार