
एजेन्सी। भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विगत केही दिनमा वर्षासँग सम्बन्धित घटनाहरूमा १८ जनाको मृत्यु भएको छ । उत्तरी र पश्चिमी भारतका धेरै भागहरूमा मनसुन चलिरहेको समयमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।
अत्याधिक वर्षाका कारण नदी, नाला र बाँधहरू भरिएपछि धेरै गाउँहरू सम्पर्कविहीन भएको बताइएको छ । बुन्दी जिल्लाको नैनवा क्षेत्रमा सबैभन्दा बढी २३४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।
भारत मौसम विज्ञान विभागले आगामी केही दिन उत्तरी पहाडी राज्यहरू उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलवार