Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री उवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताएका छन् ।

शनिवार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज शहरीकरण तिब्र रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताए । इन्जिनियरहरुबाटै योजनावद्ध र समावेशी शहरीकरण सम्भव रहेको बताउदै सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम रहेको उल्लेख गरेका छन् ।

उनले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेको स्मरण गर्दै यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको बताए । इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक रहेको पनि बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले भने, ‘आजको शहरीकरणको तिब्र गतिमा हामीलाई इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको छ । योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ । यो इन्जिनियरहरुको सक्रिय सहभागिता बिना कल्पना गर्न सकिँदैन । सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम छ । हामी अहिले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेका छौँ । यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको छ । इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक छ ।’

उपप्रधानमन्त्री सिंहले इन्जिनियर भनेको पूर्वाधार निर्माण गर्ने व्यक्तिमात्र नभइ नवप्रवद्र्धन, सुरक्षित आप्रवास, वातावरणीय सन्तुलत तथा दिगो शहरी विकासका लागि आधारशिला भएको बताएका छन् ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?