Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह


काठमाडौँ। उपप्रधानमन्त्री उवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताएका छन् ।

शनिवार ललितपुरमा ६३ औं इन्जिनियर्स डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आज शहरीकरण तिब्र रुपमा बढिरहेको भन्दै प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको बताए । इन्जिनियरहरुबाटै योजनावद्ध र समावेशी शहरीकरण सम्भव रहेको बताउदै सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम रहेको उल्लेख गरेका छन् ।

उनले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेको स्मरण गर्दै यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको बताए । इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक रहेको पनि बताएका छन् ।

उपप्रधानमन्त्री सिंहले भने, ‘आजको शहरीकरणको तिब्र गतिमा हामीलाई इमान्दार, जिम्मेवार र प्रविधिसँग चल्नसक्ने क्षमता भएका सक्षम इन्जिनियरहरुको खाँचो रहेको छ । योजनावद्ध र समावेशी शहरीकरण सम्भव छ । यो इन्जिनियरहरुको सक्रिय सहभागिता बिना कल्पना गर्न सकिँदैन । सडक, खानेपानी, जनविकास, आवास, सार्वजनिक भवन निर्माण, हरित पूर्वाधार निर्माणमा इन्जिनियर आर्किटेक्टहरुको योगदान अनुपम छ । हामी अहिले जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जनसंख्याको चाप, अव्यवस्थित बसोवासको चुनौतिको सामना गरिरहेका छौँ । यस्तो अवस्थामा इन्जिनियरहरुले प्राविधिक समाधान दिनुका साथै नीति निर्माण तहमा समेत योगदान गर्नुपर्ने आवश्यकता देखिएको छ । इन्जिनियरहरुलाई पेशागत सशक्तिकरण सरक्षात्मक कार्यको वातावरण र स्पष्ट वृद्धि विकासको मार्गमा सहयोग गर्न सरकार सदैव सकारात्मक छ ।’

उपप्रधानमन्त्री सिंहले इन्जिनियर भनेको पूर्वाधार निर्माण गर्ने व्यक्तिमात्र नभइ नवप्रवद्र्धन, सुरक्षित आप्रवास, वातावरणीय सन्तुलत तथा दिगो शहरी विकासका लागि आधारशिला भएको बताएका छन् ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?