Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृत्यु, २२७ जना घाइते


एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले पाकिस्तानभर वर्षासँग सम्बन्धित दुर्घटनामा विगत २४ घण्टामा कम्तीमा ५४ जनाको मृत्यु भएको जनाएको छ । २२७ जना घाइते भएका छन् । एनडीएमएको मिडिया शाखाले बताएअनुसार पूर्वी पञ्जाव प्रान्तमा धेरैजसो दुर्घटना भएका हुन् ।

वर्षाले व्यापक विनाश निम्त्याएको छ । जसमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू प्रान्तको लाहोर र फैसलाबाद जिल्लाहरू हुन् । अधिकांशको मृत्यु पर्खाल र छाना ढलेर भएको हो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?