Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल


काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताएका छन् ।

पूर्वाधार विकास समितिको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरु लागिरहेको उल्लेख गरे । ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताए । एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव दातासँग राखेको पनि बताए । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिनसक्ने अवस्था समेत नरहेको बताए ।

मन्त्री दाहालले भने, ‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौँ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकहरुको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ । एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ । वसुन्धरा भन्दा अगाडि बनाउन किन सकिएन भने नेपाल सरकारले नसक्ने भयो । मुआब्जा दिन्छु भन्दा पनि नसक्ने अवस्था छ । त्यहाँ भन्दा उता नेपाल सरकारले नै बनाउने र ठाउँ ठाउँमा बनाइरहेको पनि छ । रकम थोरै भएकाले गति धिमा नै छ । कोटेश्वरसम्म नै जोड्नुपर्ने भएको छ ।’

मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?