
काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।
बिहीवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । उनले विधेयकले जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नेकुरामा जोड दिएको पनि बताइन । पानीको प्रयोग विभिन्न निकायहरुले आफ्नो तौरतरिकाले गरिरहेको अवस्थामा एकीकृत व्यवस्थापन विधेयकले मद्दत पुग्ने उल्लेख गरिन ।
उनले भनिन, ‘जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गर्नुपर्नेछ । पानीको प्रयोग विभिन्न निकायहरुले आफ्नो तौरतरिकाले गरिरहेको अवस्थामा एकीकृत व्यवस्थापन विधेयकले मद्दत नै पुग्छ । जलवायु परिवर्तनका कारण पनि विभिन्न समस्याहरु आएका छन् । पानी पर्ने समय पनि फरक भएको छ । मौसम पनि हाम्रो भन्ने र आँकलन गर्नसक्ने अवस्था छैन ।’
सांसद शाक्यले बाँधको व्यवस्थापन गर्न, क्षतिपूर्तिको उचित व्यवस्थापन गर्नेकुरामा विधेयकमा जोड दिनुपर्ने बताइन ।
प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार