Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी


काठमाडौँ। नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन् । उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समिक्षा गर्नुपर्ने बेला भएको बताए । उनले सशुासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौति दिन थालेकोतर्फ सचेत गराए ।

उनले भने, ‘हामीले सुशासनको मामिलामा जस्तो काम गर्नुपथ्र्यो हामीले त्यस्तो काम गर्न सकेका छैनौं । यो सत्य हो । यसमा सिंगो सदनले आत्मसमिक्षा गरौं । देशमा विद्यमान राजनीतिक दलहरु पनि यसमा समिक्षा गरौं । हामीले मुलुकमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्यायौं । सकरार परिवर्तनहरु गर्यौं । तर हामीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा वितृष्णा र निराशा बढेको छ । हामीले ल्याएका परिवर्तनहरुलाई पनि चुनौती दिने अवस्थाहरु सिर्जना भएका छन् । यसबारे सरकार र सबै पार्टीहरुले जिम्मेवारपूर्वक सोच्नुपर्छ भन्ने म ठान्दछु ।’

जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?