Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

बहुचर्चित भारतीय ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा


काठमाडौँ। भारतीय रिलायन्स इन्डष्ट्रिजले चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक ब्राण्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ ।

भारतीय ब्रण्डको क्याम्पा कोलोलाई नेपालमा उत्पादन गरेर बजारमा ल्याएको हो । कम्पनीकाअनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर क्याम्पा इनजीं बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् । २५० मिलिलिटर कार्बाेनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रश्तुती र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले भारतमा प्रतिष्ठित ब्राण्डलाई नेपालमा ल्याएर हेटौँडामा प्लाइन्ट राखि उत्पादन गर्न थालिएको बताए । उनका अनुसार छिट्टै सुगर फ्रि क्याप कोकोकोला समेत बजारमा ल्याइनेछ ।

निर्देशक चौधरीले भने–‘क्याम्पा कोला ५० वर्ष पुरानो ब्राण्ड हो । कोकोकोला आउनुअघि नै क्याम्पा कोला ब्राण्ड थियो । अहिले रिलायन्स इण्डष्ट्रिजले यो ब्राण्डलाई लिइसकेपछि भारतको धेरै ओटा स्टेटमा अहिले पुगिसकेको छ । भारतमा कोकोलाहरुको मूल्य धेरै छ तर कोलाको १० रुपैयाँ त्यसैले पनि धेरै छिटो यसले बजार लिइरहेको छ । त्यसगरी नेपालमा अरु प्रोडक्सको ५० रुपैयाँ छ तर हामीले ३० रुपैयाँमा यो प्रोडक्ट लञ्च गरेका छौं ।’

क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

सन् २०२२ मा क्याम्पा कोला ब्राण्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः शुरु गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरि एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिष्पर्धी कोल्ड ड्रिंक ब्राण्ड हो । रिलायन्सका कार्यकारी निर्देशक केतन मोदीले चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्राण्ड ल्याउन पाउदा आफूहरु खुशी भएको बताए ।

उनले भने– ‘हामी अत्यन्त उत्साहित छौं । क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोचसहित आएका छौं ।’

उनका अनुसार क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्राण्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्राण्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिवद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरुले लिएका छन् ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?