Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

विकास समयको माग हो, कसैले रोकेर रोकिँदैनः मन्त्री खड्का


काठमाडौँ। उर्जा जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा सम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन् ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताए । मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गरे । ऐन ल्याउनै नहुने भन्नेकुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताए । मुलुकको हित अनुकुल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गरे । उनले स्पष्ट उद्देश्यका साथ उर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । उनले आरसिओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए । भूमि प्राप्तिका समस्या छन् भने कानून परिमार्जन गरेर अघि बढ्न सकिने बताए । २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने बताए । विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने स्पष्ट पारे ।

मन्त्री खड्काले भने, ‘स्पष्ट उद्देश्यका साथ हामी उर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसिओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निक्र्यौल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ? त्यसको लागि कानून परिमार्जन गरेर अघि बढ्छौँ । ऐनमाथि छलफल भइरहेको छ । ऐन ल्याउनै हुँदैन भन्नेकुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकुल हाम्रा कानूनहरु परिमार्जित गर्दै जानुपर्छ । पटक पटक निजी क्षेत्रका साथीहरुलाई पनि भनिएको छ, कहाँनेर समस्या हो आउनुस् बसौँ, छलफल गरौँ । परिमार्जित नहुने कुरा भएको भए ऐन किन ल्याउनुपर्दथ्यो । परिमार्जित हुन्छ, सम्भव छ र मुलुकको हित अनुकुल कानून निर्माण हुन्छ । आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण छैन । बरु तपाईंले देखेका समस्या यहाँ छ भन्ने लाग्यो भने समावेश गरेर अघि बढ्छौँ । मुलुकको हितका लागि सरकार जहिल्यै खुला छ । सबैसँग छलफल, सल्लाह गरेर अघि बढ्न चाहन्छ । नत्र भने हाम्रा उद्देश्यहरु त्यसै प्राप्ति हुँदैन । हामी बेरोजगारीका कुरा गरिरहेका छौँ, २८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्दछन् । विकास समयको माग हो, कसैले रोकेर रोकिँदैन, अल्मलिन सक्छ । धेरै बेर अल्मिलन दिनु हुँदैन ।’

मन्त्री खड्काले उर्जा आयोजनाहरुको आइपिओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताए । उर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको बताए ।


प्रकाशित मिति: ३१ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?